
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरबाजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जन पक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुली बजारसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेन्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij