
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनाको अवधिमा हालसम्मकै धेरै ऋण लगानी गरेका हुन् ।
हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले यो अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ नयाँ ऋण लगानी गरेका छन् । यो वृद्धिसँगै वाणिज्य बैंकहरुको कुल ऋण लगानी ३२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यही अवधिमा बैंकहरुको निक्षेप संकलन भने ८८ अर्ब रुपैयाँ मात्रैले बढेको छ । मंसिर मसान्तमा ३६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कुल निक्षेप बढेर ३७ खर्ब ८२ अर्ब रुपैंयाँ पुगको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij