Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेपाली सेनाको स्वास्थ्य शिविरमा साढे चार सयको परीक्षण

नेपाली सेनाको स्वास्थ्य शिविरमा साढे चार सयको परीक्षण

  • काठमाडौं । सुर्खेत बराहतालमा सेनाको स्वास्थ्य शिविरमा चार सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

    सुर्खेतको पश्चिम रानीघाटमा नेपाली सेनाको कालीबहादुर गणले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरबाट बराहताल गाउँपालिका वडा नं. १ र २ का नागरिकहरुले सेवा लिएका हुन् ।

    शिविरमै ७२ जनाको भिडियो एक्स–रे समेत गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए ।

    शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाही, बालरोग विशेषज्ञ डा. त्रिभुवन भट्टराई, सेनाका सहसेनानी डा.सचित थापा र अभिनाष बस्नेतले सेवा दिएका थिए ।

    यस्तै शिविरमा सुर्खेत आँखा अस्पतालका निर्देशक डा.मन्जु पन्त र नेत्र सहायक बविता पुनले आँखासम्बन्धी उपचार सेवा दिएका थिए ।

    शिविरमा प्रसूति तथा स्त्री रोग, आँखासम्बन्धी समस्या, बालरोगसम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच, उपचार तथा औषधि उपचार गरिएको छ ।

    कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले शिविरमा पुगेका अधिकांश महिलाहरुको पाठेघरमा मुखको संक्रमण बढी देखिएको बताए । महिनावारीमा अत्याधिक रगत बग्ने र पाठेघर खसेका महिलाहरुले सेवा लिएको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij