
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही भोलि सोमबार हुने भएको छ ।
क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले सोमबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने जानकारी दिए । उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ मिति तोकिएको थियो । यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन अल्पकालीन अन्तरिम आदेश दिएपछि स्थगन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij