
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको दौड सम्मेलन, ‘नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स,’ जेठ २३ गते, २०८२ मा काठमाडौँमा आयोजना हुँदैछ ।
यो कन्फ्रेन्स विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) सँगको सहकार्यमा रेस नेपाल र नेपालगन्ज म्याराथनले संयुक्त रूपमा आयोजना गर्न लागेको हो।
यो सम्मेलनले नेपालको रनिङ समुदायलाई एशियाली मुलुकका रनिङ समुदायसँग जोड्ने, अनुभव आदान -प्रदान गर्ने र खेलकुद विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका लागि नेपालका दूत टीएस ठकुरीका अनुसार, यो कन्फ्रेन्स परम्परागत रनिङ विधालाई उकास्दै समग्र नेपाली खेलकुदको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । उनले यो दक्षिण एशियामै पहिलो यस्तो कन्फ्रेन्स हुने दाबी गरेका छन् ।
कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुरलगायत दक्षिण एशियाली राष्ट्रहरूबाट दुई दर्जनभन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij