Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

राजावादी आन्दोलन

पूर्वराजाद्वारा अस्वीकार महानगरपालिकाको जरिवाना पत्र

पूर्वराजाद्वारा अस्वीकार महानगरपालिकाको जरिवाना पत्र

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली निर्मलनिवासबाट फर्किएको छ । विभिन्न शीर्षकमा काटिएको जरिवानापत्र बोकेर निर्मलनिवास पुगेको महानगरको टोली त्यत्तिकै फर्किएको हो ।

    images
    images
    images

    पूर्वराजा ज्ञानेन्द्रले ती जरिवाना पत्र बुझ्न अस्विकार गरेका हुन् ।

    शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

    हिजो सार्वजनिक बिदा भएकोले महानगरको टोली आज विहानै कार्यालय खुल्नेबित्तिकै निर्मलनिवास पुगेको थियो । तर, महानगरको टोलीलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij