
Apr 28 2025 | २०८२, वैशाख १५ गते
प्राडा केसरजंग बरालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा १३ महिनामै राजीनामा दिएका छन्। उनले शुक्रबार प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र पठाएका छन्। २०८० फागुनमा तत्कालीन प्रधानमन्त्री प्रचण्डको अनुरोधमा उपकुलपति नियुक्त भएका बराललाई शुरुमै विवादले घेरिएको थियो। खुला प्रतिस्पर्धामा उनी दोस्रो नम्बरमा थिए, तर प्रचण्डको चाहनामा उनलाई नियुक्त गरिएको थियो।
बराललाई करार शिक्षक र कर्मचारीलाई स्थायी बनाउने दबाब थियो, जुन सर्वोच्च अदालतले खारेज गरेको थियो। बरालले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्, र परिवारको पनि सल्लाह उनले यो कदम चालेको छ। उनले आफ्नो इमेज बिग्रनु भन्दा राजीनामा दिन उपयुक्त ठान्नु भएको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij