Logo

Mar 29 2025 | २०८१, चैत १६ गते

Mar 29 2025 | २०८१, चैत १६ गते

राष्ट्रियसभा बैठक बिहीबार बस्ने

राष्ट्रियसभा बैठक बिहीबार बस्ने

  • काठमाडौं । राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरुको अवरोधका बीच स्थगित भएको छ । अब उक्त बैठक बिहीबार १२:१५ बस्ने भएको छ ।

    प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारसम्मका लागि बैठक स्थगन भएको सदनलाई जानकारी दिए ।

    आज दिउँसो १ बजेर १५ मिनेटमा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरुको अवरोधका बीच १५ मिनेटका लागि स्थगन भएको थियो। पन्ध्र मिनेटका लागि स्थगन भएको उक्त बैठक फेरी समय परिवर्तन गरी आजै ३ बजेर ४५ मिनेटका लागि तोकिएको थियो ।

    उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगन गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij