
Mar 29 2025 | २०८१, चैत १६ गते
राष्ट्रिय युवा संघ नेपालद्वाराआयोजित राष्ट्रिय स्वयंसेवक भेला
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिएझैँ झम्टने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन ।
राष्ट्रिय युवा संघ नेपालद्वाराआयोजित राष्ट्रिय स्वयंसेवक भेला २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले 'युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भन्दै देश र जनताको लागि परि आएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउने' बताएका हुन् ।
उनले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँगयुवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिएझैँ झम्टन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij