
Apr 02 2025 | २०८१, चैत २० गते
बल्ब चोरेको आरोपमा एक जनाविरुद्ध अभियोगपत्र दायर
काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले सडकमा जडान गरेको बल्ब चोरेको आरोपमा एक जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । नगर प्रहरीले दोलखा घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीमा बस्ने ३४ वर्षीय सुदीप बस्नेतविरुद्ध अभियोग पत्र दायर गरेको हो ।
बस्नेतलाई नगर प्रहरीले कोटेश्वर-बालकुमारी सडकबाट बल्ब चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । कोटेश्वर क्षेत्रको अfइल्याण्डमा जडित बत्तीहरू पटक–पटक हराउन थालेपछि नगर प्रहरीले अनुगमन गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij