
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले तेस्रो जित हासिल गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशीलाई ३१ रनले पराजित गरेको हो ।
२४३ रनको लक्ष्य पछ्याएको कोशी ओभरमा रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले अर्धशतकीय पारी खेले । हकले ६६ बलमा ११ चौका प्रहार गर्दै ६२ रनको योगदान गरे । तर, जितको लागि पर्याप्त हुन सकेन ।
सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ३ विकेट लिए । भोज राज भट्टले २ तथा शेर मल्लले १, नारायण जोशी तथा राहुल भण्डारीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४३.४ ओभरमा २४२ रनमा अलआउट भएको थियो ।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले शतकीय पारी खेले । उनले किरणले ११५ रन प्रहार गर्दै एकै सिजनमा २ शतक प्रहार गर्ने कीर्तिमानीसमेत बनाएका छन् । कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij