
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । टोखाबाटजुवातास खेलेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ ।
टोखा डेरा गरी बस्ने नुवाकोट घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij