
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्ध दायर मुद्दा हेर्दा हेर्दैमा राखिएको छ ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भएको सुनुवाइपछि सर्वोच्च अदालत प्रशासनले आगामी वैशाख ३ गतेका लागि तारेख तोकेको छ ।
२०७७ मंसिर ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेका थिए । उक्त सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।
यी नियुक्तिहरूविरुद्ध १५ वटा रिट दायर भएका थिए जसको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij