
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । हालसम्मकै ठूलो अवैध रकमसहित पक्राउ परेका फुच्चे भन्ने कुसाङ लामालाई राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाइएको छ ।
टोखास्थित झोरबाट सोमबार राति अमेरिकी डलर र युरो बोकेको ट्रकसहित पक्राउ परेका उनलाई आज प्रहरीले अनुसन्धानका लागि राजवश्व अनुसन्धान विभाग पठाएको हो ।
लामा रसुवाको केरुङ नाका हुँदै चीन लैजाँदै गरेको २५ करोड १९ लाख बढी नेपाली रुपैयाँ हुन आउने अवैध विदेशी मुद्रासहित पक्राउ परेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij