Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

कर्जा असुल्नेमाथि कुकुर छोडेपछि...

कर्जा असुल्नेमाथि कुकुर छोडेपछि...

  • ललितपुर । ललितपुरमा संचालित एक सहकारी संस्थाका अध्यक्ष ऋण उठाउनका लागि नियमित रूपमा सदस्यहरूको घरदैलो धाउने गर्छन् । तर, पछिल्लो पटक जब उनी एक कर्जावालको घर पुगे, उनलाई नसोचेको हमला सामना गर्नुप¥यो ।

    ‘म लगायत हाम्रा प्रतिनिधि ऋण असुली गर्न गएका थियौं, तर कर्जावालले ढोका खोल्नुअघि नै ठूलो कुकुर छोडे । ज्यान जोगाउन भाग्नुप¥यो’ अध्यक्षले रिसाउँदै सुनाए ।

    यो घटना कुनै एक सहकारीको मात्र होइन । कर्जा तिर्न आनाकानी गर्नेहरूको सूची लामो छ । उनीहरूले अपनाउने हतकण्डा झनझन चकित पार्ने खालका बन्दै गएका छन् ।

    सहकारीका प्रतिनिधिहरू पैसा असुल गर्न जाँदा कतिपय कर्जावालहरू त ढोका खोल्नेबित्तिकै कुकुर छोड्छन् । यसरी कुकुरको आड लिएर पैसा तिर्न नचाहनेहरू झन् बेपत्ता हुन्छन् ।

    एक प्रतिनिधिले सुनाए, ‘पैसा लिन गएका थियौं, तर ढोका खोल्नासाथ घरधनीले ‘चोर आयो’ भनेर चिच्याउन थाले । वरिपरिका छिमेकी जम्मा भए, हामीलाई नै घेरा हालेर अपमान गरे ।’ यस्ता घटनाले सहकारी सञ्चालकहरूलाई ठूलो तनाव दिएको छ ।

    #सहकारी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij