Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई समयमै ऋण भुक्तानी गर्न आग्रह गर्दै सूचना जारी गरेका छन् । सहकारी संस्थाले ऋणीहरूलाई नियमित किस्ता तिर्न आग्रह गर्दै समयमै समस्या जानकारी गराएमा सहज रूपमा समाधान गर्न सकिने उल्लेख गरेका छन् ।
सहकारी संस्थाहरूले सदस्यहरूलाई जिम्मेवार र अनुशासित बन्न आग्रह गर्दै, 'समस्या सबैलाई पर्छ, तर समस्या समाधानका लागि हातेमालो गर्नुपर्छ' भन्ने सन्देश दिएका छन् ।
सूचनामा भनिएको छ, 'यदि कुनै कारणवश ऋण तिर्न समस्या परेमा सहकारीलाई तुरुन्त जानकारी गराउनुहोस्। सहकारीले तपाईंलाई समस्या समाधानका लागि आवश्यक सहयोग गर्नेछ, जसले गर्दा ऋणको किस्ता पनि सहज रूपमा तिर्न सकिन्छ।'
त्यसैगरी, सहकारीले आफ्ना सदस्यहरूलाई सहकारीसँग सम्पर्क नगर्ने, सूचनालाई वेवास्ता गर्ने तथा किस्ता नतिर्ने गतिविधि नगर्न आग्रह गरेको छ। यस्तो अवस्था रहिरहेमा, सहकारीले ‘खराब ऋणी’ को सूचीमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ।
सहकारी संस्थाहरूले सबै सदस्यहरूलाई आफ्नो इज्जत, आत्मसम्मान तथा परिवारको प्रतिष्ठा जोगाउन समयमै सहकारीसँग सहकार्य गर्न अपिल गरेका छन् ।
सहकारी संस्थाहरूले सदस्यहरूलाई जिम्मेवार र अनुशासित बन्न आग्रह गर्दै, 'समस्या सबैलाई पर्छ, तर समस्या समाधानका लागि हातेमालो गर्नुपर्छ' भन्ने सन्देश दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij