
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । तल्लो बाटो हुँदै अमेरिका जान लागेका दाङका पूर्णबहादुर डाँगीको अफ्रिकी मुलुक घानामा मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वकोषाध्यक्ष हिक्मत थापाले डाँगीको मृत्यु भएको जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत थापाले भने, “अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्यु भएको छ ।”
थापाकाअनुसार डाँगीको शव पोस्टमार्टम र अन्य प्रक्रियाका लागि आकरास्थित एक अस्पतालमा राखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेसँगै गैर कानुनी आप्रवासी डिपोर्टलाई तीव्रता दिइरहेका छन् । गैरकानुनी रूपमा बस्दै आएका ९ नेपालीलाई अमेरिकाले बुधवार नेपाल स्वदेश फर्काएको थियो ।
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता हालसम्म ३५ नेपाली डिपोर्ट भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij