
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । नेपाल माझी उत्थान संघ रामेछाप–काठमाडौं सम्पर्क समाजको आयोजनामा माझी समुदायको महान पर्व लदि पूजाको अवसरमा शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद उर्मिला माझीले माझी समुदायको महान पर्व लदिपुजा को जातीय पहिचान सहितको सरकार सँग बिदा हुनुपर्छ भनेर संसदमा कुरा उठाएको बताउनुभयो । त्यसैगरी नेपाल माझी उत्थान संघ केन्द्रीय अध्यक्ष चिनिमाया माझीले सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा वक्ताहरूले लदि पूजाको सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै माझी समुदायको पहिचान, भाषा, संस्कृतिको प्रवद्र्धनमा यस्ता कार्यक्रमहरू प्रभावकारी हुने जनाएको बालकृष्ण माझीले अनलाइन पत्रिकालाई बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij