
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता स्वर्गीय भीमबहादुर तामाङको स्मृतिमा दोलखामा वाग्मती प्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । तामाङको १३ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
खेल आगामी चैत १३ देखि १६ गतेसम्म दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे बजारमा हुने नेपाली कांग्रेस दोलखका प्रदेश ‘क’ का सभापति शुक्रराज तामाङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैँया नगद पुरस्कार पाउने भएको छ ।
त्यस्तै दोस्रो हुनेले नगद दुई लाख, तेस्रो हुनेले नगद एक लाख र सान्त्वना हुनेले नगद ५० हजार रुपैँया पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij