
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । धुम्बाराहीमा इलेक्ट्रिक भेइकल (ईभी) बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार राति आगलागी भएको हो ।
प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै निभाएकाे थियो ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij