
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । गत आइतबार राति हृदयघात भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्थामा सुधार आएपछि शाहलाई बिहीबार डिस्चार्ज गरिएको अस्पताल स्रोतले बताएको छ । उनको उपचारमा डा.यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो ।
यसअघि विसं २०८० भदौ १५ गते पनि हृदयघात भएपछि शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
विसं २०७२ भदौ १० गते पनि मुटुमा समस्या आएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यो उनलाई भएको चौथो हृदयघात हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij