
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । सरकारले ६ वटा जिल्लामा नयाँ सीडीओ खटाएको छ । गृहमन्त्रालयमा थन्किएकामध्ये ५ सहसचिवको पदस्थापन तथा २ सीडीओको सरुवा गरिएको हो ।
संखुवासभाका सीडीओ विनोदकुमार खड्का रौतहट सरुवा हुँदा नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय ल्याइएको छ ।
सहसचिवहरू धर्मराज जोशी बाँके, दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा र शशिधर घिमिरे नुवाकोटको सीडीओ बनेका छन् ।
हेर्नुहोस्, सूची :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij