
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउँमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
सोही ठाउँका ५१ वर्षीय पाल विष्टलाई भरुवा बन्दुक १ थान, गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थानसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा वन्यजन्तुको छाला फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij