Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

अमेरिकाबाट फर्काइएका नेपालीलाई प्रहरीको जिम्मा लगाइयो

अमेरिकाबाट फर्काइएका नेपालीलाई प्रहरीको जिम्मा लगाइयो

  • काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका ९ जनालाई प्रहरीको जिम्मा लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले उनीहरूलाई प्रहरीको मानव वेचबिखन व्यूरोला जिम्मा लगाएको हो ।

    कागजपत्रविहीन ९ जनालाई अमेरिकाले बुधबार बिहान करिब १० बजे त्रिभुवन विभानस्थल ल्याइपुर्‍याएको थियो। त्यसपछि अध्यागमन विभागले प्रकृया पूरा गरेर प्रहरीको जिम्मा लगाएको हो ।

    ‘हामीले गर्नुपर्ने सामान्य प्रहरी पूरा गरेर ९ जनालाई प्रहरीको जिम्मा लगाएका छौँ’, अध्यागमन कार्यालयका अधिकृत यज्ञराज अर्यालले देशसञ्चारसँग भने ।

    प्रहरीले सोधपुछ गर्नुपर्ने भनेपछि उनीहरूलाई प्रहरीको जिम्मामा लगाइएको हो ।

    अर्यालयकाअनुसार अमेरिकामा काजपत्रविहीन फर्काइएका ९ जनामध्ये १ जना महिला र ८ जना पुरुष रहेका छन् । उनीहरू सबै एउटै विभानबाट नेपाल फर्काइएका होइनन् । ८ जना अमेरिकी जीआरपी- २३ विमानबाट र १ जना कतार एयरवेजबाट नेपाल फर्काइएका हुन् ।

    डोनाल्ड ट्रम्प अमेरिकाको दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएका छन् ।

    ट्रम्प प्रशासनले मात्र हालसम्म २७ नेपालीलाई अमेरिकाबाट निकालिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij