Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

रिंकुकुमारीको बलात्कार घटनाका मुख्य आरोपित पक्राउ

रिंकुकुमारीको बलात्कार घटनाका मुख्य आरोपित पक्राउ

  • काठमाडौं । सिरहाकी रिंकुकुमारी सदाको बलात्कारपछि फरार मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    गएको माघ २७ गते राति १७ वर्षीया किशोरी रिंकुकुमारीको सामूहिक बलात्कार भएको थियो । पीडित पक्षको उजुरीपछि फरार रहेका रूपेश मण्डललाई प्रहरीले गए राति पक्राउ गरेको हो ।

    प्रहरीमा जाहेरी दिनुको साटो माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना सामसुम पार्ने प्रयास गरिएकोमा माघ ३० गते साँझ रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

    उक्त घटना सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । त्यसपछि पीडित परिवारले रूपेशसहित आठजनाविरुद्ध पूरक जाहेरी दर्ता गराएको थियो । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij