Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

सकियो थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत

सकियो थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत

  • काठमाडौं । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।

    मंगलवार थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो । पाइप फुटेपछि सडक नै अवरुद्ध भएको थियो । त्यहाँ सडक पनि भत्किएको थियो ।

    थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा फुटेको खानेपानीको पाइपका कारण ठूलो फोर्समा पानी बाहिर निस्किएको थियो ।यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij