Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

ब्रेनट्युमर पीडित पत्रकार महतलाई आर्थिक सहयोग

ब्रेनट्युमर पीडित पत्रकार महतलाई आर्थिक सहयोग

  • काठमाडौं । विगत दुई बर्षदेखि ब्रेनट्युमरबाट पीडित पत्रकार फणिदेव महतलाई चन्द्रपुर हस्पिटल प्रालिले आर्थिक सहयोग गरेको छ । पत्रकार महतलाई नगद ५० हजारसहित आजीवन हस्पिटलबाट सेवा निशुल्क प्रदान गर्ने भएको हो ।

    images
    images
    images

    अस्पतालका संचालक डा.सुवास चौधरीले मंगलबार एक कार्यक्रमकावीच नगद राशीको चेक दिएका हुन । चन्द्रपुर हस्पिटल प्रालिमा कार्यरत कर्मचारी, डाक्टरसहितको टिमले एक दिनको तलव बराबरको सहयोगबाट संकलित रकम दिएका छन । संचालक डा.चौधरीले पत्रकार  महतको उपचारका लागि आर्थिक सहयोग गरिएको बताए ।

    चन्द्रपुर हस्पिटल प्रालिबाट उपलब्ध हुने सेवा आजीवन निशुल्क प्रदान गर्ने समेत उनले जानकारी दिए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले पत्रकारिता मार्फत समाजलाई ठूलो योगदान गरेकै परिणाम पत्रकार महतलाई समाजले समेत सम्झेको बताए ।

    कार्यक्रममा पत्रकार महतले आफुलाई विगतका दिनमा समेत चन्द्रपुर हस्पिटलले गरेको सहयोगको उच्च प्रशंसा गर्दै सहयोगको लागि आभार प्रकट गरेका छन । कार्यक्रममा चन्द्रपुरमा रहेको संचारकर्मी तथा हस्पिटलका संचालक, कर्मचारीहरुको सहभागिता रहेको  थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij