
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । दाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय नेत्रबहादुर रोकाया छन् ।
२१ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (फागुन १९) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
दाङको गढवा गाउँपालिका–३, गोवरडिहास्थित खेतमा ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij