Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत भेटिए

मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत भेटिए

  • काठमाडौं । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने नखुलेको डिएसपी सिंहले बताए ।

    शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij