Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

हेलमेटमा लुकाएको ब्राउन सुगरसहित २ युवक पक्राउ

हेलमेटमा लुकाएको ब्राउन सुगरसहित २ युवक पक्राउ

  • काठमाडौं । मोटरसाइकलको हेलमेटभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । 

    images
    images
    images

    पक्राउ पर्नेमा सुर्खेतका २४ वर्षीय रामबहादुर नेपाली र सोही ठाउँका २१ वर्षीय रामचन्द्र थापा बर्दियामा पक्राउ परेका हुन् । 

    बर्दियाका प्रहरी प्रवक्ता ऋषिराम घर्ती मगरका अनुसार उनीहरू दुबै जनालाई सोमबार दिउँसो जिल्लाको बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेकपोष्ट भन्दा केही उत्तर पश्चिमको गहुँबारीबाट पक्राउ गरिएको हो । 

    छिमेकी देश भारतबाट नेपालतर्फ लागुऔषध बोकेर फर्किरहेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी प्रहरी चौकी कालिकाबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

    खानतलासी गर्दा मोटरसाइकलको हेलमेटमा लुकाइछिपाइ राखेको अवस्थामा ५ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर बरामद भएको डिएसपी मगरले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij