Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो

सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो

  • काठमाडौं । आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना गरिएको छ ।

    images
    images
    images

    साढे २ वर्षपछि पहिलो पटक काठमाडौं उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामककार्यक्रम राखिएको हो । यो कन्सर्टको लागि सुशान्त यति बेला तयारीमा जुटेका छन् । १५ हजारभन्दा धेरै दर्शक सहभागि गराउने लक्ष्य रहेको कन्सर्टमा अन्यचर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने तयारी गायक केसीको छ ।

    यसैबीच, काठमाडौं महानगरका मेयर बालेनलाई पनिकन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिएका छन् । आफूले बालेनलाई निम्तो दिएको र उनीकन्सर्टमा सहभागिहुने आशा राखेको सुशान्तले जानकारी गराएकाछन् ।

    गायक केसीले बालेनसँगको भेटबारे सामाजिक संजाल फेसबुक बाट जानकारी दिएकाछन् । उनले लेखेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो । र्याप देखि जिम्मेवारी सम्म । वास्तवमै लिजेन्ड । काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ कन्सर्टमा भेट्नेछु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij