
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिए ।
‘उहाँलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ,’ उनले भने, ‘अस्पतालले सबै ठिक छ भनेको छ ।’
यसअघि २०८० भदौ १५ गते पनि हृदयघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो । त्यति बेला उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij