
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका तीन जना अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् । जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी हुन् भने रेग्मी भने पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पशुपतिको बालुवाखानीमा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले गत साता दोषी ठहर गरेको थियो ।
उनीहरुलाई जरिवानासहित जेल सजाय भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij