
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौंको बबरमहल क्षेत्रको बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको छ । काठमाडौंको मुख्य सडकखण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ ।
पैदलयात्रीलाई सहज बनाउन सुरु गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरू झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन् । सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्कायो ।
तर, निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिएको छ । बबरमहल अत्यधिक चाप हुने क्षेत्र पनि हो । नेपाल विद्युत् प्राधिकरणले बबरमहल क्षेत्रमा भूमिगत तार बिच्छ्याउने काम गरिरहेको छ । काममा भइरहेको ढिलाइले सडक सुधारका अन्य कामलाई समेत प्रभावित पारेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij