
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेपाली बजारमा सनफ्लावर र भटमासको तेलको मूल्यमा वृद्धि भएको छ ।
नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो । संघले दिएको तथ्यांक अनुसार, १५ दिनअघि यी तेलहरूको मूल्य प्रति लिटर दुई सय ४५ रुपैयाँ थियो, भने अहिले यी तेलहरूको मूल्य प्रति लिटर दुई सय ५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, भुटेको तोरीको तेल प्रति लिटर चार सय १० रुपैयाँ , काँचो तोरीको तेल प्रति लिटर दुई सय ४५ देखि तीन सय २५ रुपैयाँमा कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij