
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा भएर त्रिशुलीमा खसेका युवकको शव फेला परेको छ । गत फागुन २ गते इच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आइतबार फेला पारेको हो ।
नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते विहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी हराई रहेका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा आइतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले उनको शव आइतबार विहान साढे ९ बजे फेला पारेर नदिबाट बाहिर निकालेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij