
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ । हाल एनआरटी क्लबको प्रशिक्षण हेरिरहेका श्रेष्ठको आइतबार विहान निधन भएको हो ।
उनले नेपालको उमेर समुहको राष्ट्रिय टिम प्रशिक्षण गरिसकेका थिए भने हाल ए डिभिजन क्लब एनआरटीको प्रशिक्षक थिए । उनले अन्य डिभिजन क्लबहरूको पनि प्रशिक्षण गरिसकेका छ्न् ।
उनको निधन भएको एनआरटी क्लबले पुष्टि गरेको छ । उनी नेपाली फुटबलको खम्बा भएको उल्लेख गर्दै क्लबले नेपाली फुटबलमा अमूल्य योगदान दिएका व्यक्ति गुमाउँदा दु:ख व्यक्त गरेको छ ।
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्लबले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij