Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विदेशी मुद्रासहित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय पक्राउ

विदेशी मुद्रासहित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय पक्राउ

  • काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बईको मालाड वेष्टका ३६ वर्षीय राहुल चतुर्वेदी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    श्रीएयरको उडानमार्फत् भैरहवाबाट काठमाडौं जान लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार सात ७ सय भारतीय रुपैयाँ, एक हजार यूएस डलर र ९ सय ६० संयुक्त अरब इमिरेट्स दिर्हाम विदेशी मुद्रा बरामद भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको हो ।

    बरामद विदेशी मुद्रा र पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij