
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरबाट चन्दा उठाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका ३९ वर्षीय भरतकुमार राई रहेका छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)को कार्यकर्ता हुँ भनी विभिन्न ठाउँबाट चन्दा उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी अभिलेख अनुसार राई यसअघि प्रहरी वृत्त नयाँ बानेश्वरलगायत विभिन्न प्रहरी कार्यालयबाट हात हतियार खरखजना, बैंकिङ कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान भएको देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij