Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

कालीमाटी तरकारी बजारमा मजदुरको हत्या !

कालीमाटी तरकारी बजारमा मजदुरको हत्या !

  • काठमाडौं । कालिमाटी तरकारी बजारमा मृत फेला परेका व्यक्तिको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    तरकारी बजारमा भरियाका रूपमा लामो समयदेखि काम गर्दै आएका रामकृष्ण दाहाल बिहान मृत फेला परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ । टाउकोमा रडको चोटजस्तो देखिएको उनले बताए ।

    ‘सीसीटीभी फुटेजको अध्ययन गरेर अनुसन्धान अगाडि बढेको छ’, उनले भने ।

    तरकारी बजारका अन्य भरियासँग दाहालको विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । राति ढिलासम्म काम गरेपछि दाहाल कहिलेकाँही बजारकै तरकारी स्टलमा सुत्ने गरेको उनका निकटस्थले प्रहरीलाई बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij