Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

बूठानीलकण्ठमा अनलाइन जुवा, डेढ अर्बको कारोबार, २४ भारतीय पक्राउ

बूठानीलकण्ठमा अनलाइन जुवा, डेढ अर्बको कारोबार, २४ भारतीय पक्राउ

  • काठमाडौं । अनलाइन जुवा खेलाएर डेढ अर्बभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-५ स्थित एक घरमा छापा मारेर मंगलबार भारतीयहरूलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार पक्राउ परेका २२ जना बिहार राज्य र एक ज दुई जना उत्तरप्रदेशका हुन् ।

    विश्वभर सञ्चालन हुने अनलाइनहरूमा बेटिङ साइटको प्रयोग गरी एजेन्टसँग सम्पर्क गरेर उनीहरूले जुवा खेलाएको बस्नेतले बताए ।

    ‘उनीहरूले ह्वाट्सएप र टेलिग्राममा सम्पर्क गरेर अनलाइन जुवा खेलाएको देखिएको छ, हारजित भएको रकम भारतका विभिन्न बैंक खातामा जम्मा भएको र निकालेको देखिन्छ,’ बस्नेतले भने ।

    बस्नेतका अनुसार भारतीयहरूले घर नै भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको पाइएको छ । उनीहरूले हालसम्म एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ ।

    मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार जुवा र सट्टाबाजी गर्न नहुने तथा विदेशी विमिमय नियमित गर्ने ऐन २०१९ अनुसारको कसुरमा पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको छ ।

    कार्यालयले २४ जनालाई नै थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij