
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर महानगरपालिका–१९ लगनखेलमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर मृत भेटिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षकाअनुसार मानन्धर भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए ।
सोही भोजननालय रहेको घरको पाँचौं तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij