
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दक्षिणपश्चिमी जिल्ला योकाल्लामा लगभग ८०० मिटर (२६२५ फिट) तल बस खसेको प्रहरीले जनाएको छ । चालकले गाडीको नियन्त्रण गुमाएको हुन सक्ने सम्भावना रहेको बताइएको छ । सडक दुर्घटनामा चार बालबालिकासहित चौधजना घाइते भएको बताएका छन् ।
प्रहरी कर्णेल भिक्टर बेनाभिड्सले समाचारमाध्यमलाई दुर्घटना तीव्र गतिका कारण भएको हुन सक्छ, चालकले बस नियन्त्रण गर्न असमर्थ भएको बताए । दक्षिण अमेरिकी देशमा यो दुर्घटनालाई यस वर्ष अहिलेसम्म रिपोर्ट गरिएको सबैभन्दा गम्भीर सडक दुर्घटना मानिएको छ । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ ।
गत महिना पोटोसी नजिकै बस सडकबाट खस्दा १९ जनाको मृत्यु भएको थियो । सरकारी तथ्यांकअनुसार लगभग एक करोड २० लाख बासिन्दा भएको देशमा सडक दुर्घटनाले प्रत्येक वर्ष औसत १,४०० जनाको ज्यान जाने गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij