
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मकवानपुर प्रहरीले लागूऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानीले हेटौडा उपमहानगरपालिका-१९ स्थित सालकपार्कबाट हेटौंडा उपमहानगरपालिका-११ का १९ वर्षीय दिपु नेपालीलाई ओरेक्स १०० एमलको ५ बोतल र नोइट्रोजेपाम ३० ट्याब्लेटसहित पक्राउ गरेको हो ।
शंका लागेर नेपालीको झोला खानतलासी गर्दा लागूऔषध फेला पारेको प्रहरी नायब उपरट्ठक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए । प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमति लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij