
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सिन्धुपाल्चोक गाउँमै रोजगारी वातावरण सिर्जना गर्दै पर्यटन प्रवर्द्धाका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाइएको हो । २ वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । गाउँपालिकाले उत्पादन गरेको बिरुवा किसानलाई निःशुल्क वितरण गरिएपछि हेलम्बुमा चिया खेती सुरु गरिएको हो ।
सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट १ हजार २ सय मिटरदेखि २ हजार ३ सय मिटर उचाइसम्म चिया खेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए । १ रोपनी क्षेत्रमा ७ सयदेखि ९ सयसम्म बिरुवा रोप्न सकिने यसको बजार भाउ प्रतिकेजी २ हजार ५ सय रुपैयाँसम्म आउँछ । पहाडी क्षेत्रमा रोपिने यो जातको चिया रोपेको ३ देखि ४ वर्षमै उत्पादन दिन थाल्छ । गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पुर्याउने अपेक्षा छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij