
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक मुकेश महादेव चाँगु छन् । भारतको महाराष्ट्र घर भएका ३० वर्षीय चाँगुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो ।
उनीबाट प्रहरीले ७६१.६६ ग्राम सुन बरामद गरेको छ । त्यसैगरी ३ किलो १ सय ग्राम अवैध चाँदी पनि बरामद भएको छ । उनीबाट ५ लाख १० हजार नगद पनि बरामद भएको छ ।
विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर उनले बेच्ने गरेको प्रहरीको भनाइ छ । ‘विदेशबाट भन्सार छलेर ल्याइएका सुन किन्ने र गालेर बेच्ने गरेको पाइएको छ’ एक अनुसन्धान अधिकृतले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij