Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकन महिला पक्राउ

विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकन महिला पक्राउ

  • काठमाडौं । त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक पक्राउ परेकी छिन् । अमेरिकी नागरिक ४६ वर्षीया नि यान लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनी बाटिक एयरको उडानमार्फत काठमाडौंबाट मलेसिया जान लागेकी थिइन् । अन्तर्राष्ट्रिय उडानको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा विभिन्न देशका अवैध मुद्राहरु फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

    उनीबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रकम, १ सय मलेसियन रिंगेट बरादम भएको छ । त्यसैगरी विभिन्न कम्पनीका १९ थान मोबाइल, २८ थान सीमकार्ड र १२२ थान मेमोरी कार्ड बरामद भएको छ । पक्राउ परेका उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij