Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बालिका बलात्कारका छुट्टाछुट्टै घटनामा तीनजना पक्राउ

बालिका बलात्कारका छुट्टाछुट्टै घटनामा तीनजना पक्राउ

  • रुपन्देही र दाङमा बालिका बलात्कारका छुट्टाछुट्टै घटनामा तीनजना पक्राउ परेका छन् ।

    images
    images
    images

    रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मङ्गलबार राति जबरजस्ती करणी गरेको उजरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।

    घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    यस्तै दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको हो ।

    ती बालिकालाई चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेको थियो । सोही आधारमा उनलाई प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

    घटनाबारे थप अनुसन्धान प्रक्रिया भइरहेको दाङ प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij