
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एनसीएचएल राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन टेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।
सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने विचार ब्यक्त गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij