
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले केही संख्यामा शाखा प्रबन्धक र रिलेसनशिप म्यानेजर, लिगल अफिसर र गोल्ड टेस्टर पदमा कर्मचारी माग गरेको हो ।
शाखा प्रबन्धक पदमा आवेदन दिन इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्नेछ ।
साथै, बैंक वा वित्तीय संस्थाहरूमा क्रेडिट र मार्केटिङका क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव भएकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ । रिलेसनशिप म्यानेजरको बैंक वा वित्तीय संस्थामा क्रेडिट र मार्केटिङ क्षेत्रमा तीन वर्षभन्दा बढीको कार्यानुभव भएको हुनु पर्नेछ ।
बिएफआईमा आरएम–क्रेडिट वा जोखिम अधिकृतको रूपमा सेवा काम गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ ।
साथै, उसले व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा ४५ प्रतिशत अंक ल्याएको हुनुपर्नेछ ।
यस्तै, लिगल अफिसरले मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन विषयमा कम्तीमा ४५ प्रतिशत अंक ल्याएर स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ ।
कानुन/क्रेडिट विभागमा कर्मचारी वा शाखा प्रबन्धकको रूपमा कम्तीमा २ वर्षको कार्य अनुभव हुनुपर्नेछ । गोल्ड टेस्टर पदमा आवेदन दिनेले +२ वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।
यस्तै, कुनै पनि बैंक वा वित्तीय संस्थाहरूमा सुनको परीक्षकको रूपमा काम गरेको वा सुन पसलमा कम्तीमा २ वर्ष वा ३ वर्ष काम गरेको अनुभव भएको हुनु पर्नेछ ।
शाखा प्रबन्धक र लिगल अफिसरको हकमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र रिलेसनशिप म्यानेजर र गोल्ड टेस्टरको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ५ वर्ष थप हुनेछ ।
इच्छुकले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछ न्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij